Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी ब्यारेजमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८१
in समाचार
0
कोशी ब्यारेजमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार
105
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सप्तकोसी (कोशी ब्यारेज)मा यात्रुबाहक बस खस्दा सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

बिहीबार साँझ ६ बजेतिर कोशी ब्यारेजको ३५ नं. ढोकाबाट बस सप्तकोसी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस सप्तकोसी नदीमा खसेको पुष्टि गरे ।

उनका अनुसार कोशी ब्यारेजको दक्षिणतर्फ बस खसेको थियो । नरसिंह डिलक्स बस आफैं अनियन्त्रित भएर साँझ नदीमा खसेको एसपी रेग्मीले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, एसपी रेग्मीसहित प्रहरी अधिकारीहरू घटनास्थलतर्फ खटिएका थिए ।

ब्यारेजको ३५ नम्बर ढोका खुला नभएका कारण बस खसेको स्थानमा पानीको सतह कम थियो । पानी सतह कम भएकैले नदीमा खसे पनि बस डुब्न पाएन । जसकारण मानवीय क्षति हुन नपाएको एसपी रेग्मीले जानकारी दिए ।

‘बस खसेको सूचना पाएपछि सुनसरी र सप्तरीबाट खटिएको प्रहरी टोलीले तत्कालै घटनास्थलबाट उद्धार गरेको हो,’ उनले भने, ‘बस खसेको ढोका खुला नभएका कारण पानीको सतह कम हुँदा मानवीय क्षति हुन पाएन ।’

बस खसेको क्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थितमा पर्छ । जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बस चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको छ ।

चालकसहित दुईजना सहचालक र १४ जना यात्रु सवार रहेका थिए । चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको डीएसपी न्यौपानेले जानकारी दिए । बस कोसीमा खसेपनि प्रहरीले सबैको सकुशल उद्धार गरेको उनको भनाइ छ ।

उद्धार गरिएका सबैको अवस्था सामान्य छ । केहीलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए । दुर्घटनाको कारणबारे थप अुनसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि – कोशी ब्यारेजमा यात्रुबाहक बस खस्यो, घटनास्थलबाट २० जनाको उद्धार

Tags: कोशी ब्यारेजकोसी ब्यारेजदुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु प्रभावकारी हुन नसक्दा सुरक्षा निकायमाथि ठूलो चुनौती थपिएको छ। कर्फ्यु...

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

साउन ११, २०८३
काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.