Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरको वृहत्तर खानेपानी परियोजना अवरोध बिना सम्पन्न गर्न प्रतिबद्धता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १६, २०८१
in समाचार
0
विराटनगरको वृहत्तर खानेपानी परियोजना अवरोध बिना सम्पन्न गर्न प्रतिबद्धता
123
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा सुरु हुन लागेको वृहत्तर खानेपानी परियोजनालाई बिना अवरोध सम्पन्न गर्न विराटनगर महानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेको छ ।

महानगरको समन्वयमा भएको छलफलमा सरोकारवालाहरूले परियोजना सफल बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ जापान सरकारको सहयोगमा वृहत्तर खानेपानी परियोजनाका लागि पाइपलाइन बिछ्याएर परीक्षणसमेत भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खानेपानी संस्थान, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा परियोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधान गरिदिन परियोजनाका इन्जिनियर अरविन्द कर्णले आग्रह गरे ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, परियोजना सञ्चालन हुने वडाका वडाध्यक्ष काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, विश्वनाथ भगत, सूर्यलाल यादव, वडासदस्य देवु मण्डल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापा, खानेपानी तथा सरसफाई प्रमुख कल्पना दाहाल, परियोजनाका परामर्शदातालगायतको उपस्थितिमा भएको छलफलमा कर्णले सरोकारवालाहरूले सहयोग गरे तोकिएको मितिभित्र परियोजना सम्पन्न गर्ने जानकारी दिए ।

परियोजना सञ्चालन गर्दा विभिन्न अवरोध आउनसक्ने सम्भावना देखेर सरोकारवालाहरूसँग छलफल राखिएको महानगरका तर्फबाट परियोजनाका लागि सम्पर्क व्यक्ति पुनमकुमार दाहालले बताए । उनले सानो विषयले पनि परियोजनाको काममा अवरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राखिएको छलफल अत्यन्तै फलदायी भएको जानकारी गराए ।

छलफलमा मेयर कोइरालाले शुद्ध खानेपानी वितरण गर्ने क्रममा कुनै समस्या नआउने गरी काम गर्न परियोजनालाई आग्रह गरे ।

‘भविष्यमा पानीका पाइप फुट्ने, खिया लाग्ने, अन्य परियोजना सञ्चालन गर्दा खानेपानीका पाइपले अवरोध गर्नेजस्ता कुरालाई अहिले नै विचार पु¥याएर काम गर्न म आग्रह गर्दछु,’ उनले भने, ‘परियोजना गुणस्तरीय रुपमा तोकिएकै मितिभित्र सम्पन्न हुनुपर्छ । त्यसका लागि महानगरका तर्फबाट जुनसुकै समयमा जस्तोसुकै सहयोग गर्न तयार छ ।’ उनले परियोजना सञ्चालन हुने वडाका वडाध्यक्षहरूलाई सहजीकरण गर्न आग्रह गरे ।

परियोजनाका व्यवस्थापक सन्तोष रौनियारले जाइकाको परियोजना कार्यान्वयनका क्रममा आइपरेका सबै समस्या समाधानका लागि महानगरका प्रमुखले खेलेको भूमिकाका कारण समयमै सुरु भएको बताए । महानगरका प्रमुखको सहयोगले विभिन्न समस्या सहज रूपमा समाधान गर्दै आएकाले परियोजना सञ्चालनका क्रममा भविष्यमा पनि कुनै समस्या नहुने उनले विश्वास व्यक्त गरे ।

२ अर्ब २९ करोड जापानी ऐन लागत रहेको उक्त परियोजनाका लागि ६८ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । देवकोटा चोक, तीनपैनीचोक र मुनालपथस्थित संस्थान परिसरमा १२–१२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्यांकी निर्माण गरिनेछ ।

त्यस्तै, विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ ।

सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउड ट्यांकी पनि निर्माण हुने इन्जिनियर कर्णले जानकारी दिए । कर्णका अनुसार सबै ट्यांकी भएको स्थानमा ३–३ वटा पानी तान्ने बोरिङ, पानी प्रशोधनका लागि फिल्टरसमेत जडान हुनेछ ।

सन् २०२६ को मे ३१ तारिखमा सम्पन्न गर्ने गरी सुरु गरिएको परियोजनाबाट १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुने महानगरको दाबी छ ।

Tags: #विराटनगरखानेपानीविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1114 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.