Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीका बाढीपीडितले राहत नपाएको गुनासो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८१
in विविध, समाचार
0
सुनसरीका बाढीपीडितले राहत नपाएको गुनासो
102
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : जिल्ला सदरमुकाम इनरुवा-९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो।

बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन। विस्थापित भएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ ।

अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् ।

सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पुर्‍याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसापिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बस्‍न बाध्‍य भएको विस्थापित अनुशा मरिकले बताइन् ।

उनले भनिन्, ‘ हामी पाँचदिनेदेखि एक छाक खाएर बाँचेका छौं। पीडितका लागि न गाँस छ न बाँस छ । तीन तहको सरकार कोहीले पनि सहयोग गरिरहेको छैन। हामी अब के खाएर बाँच्‍ने ? कहाँ बस्‍ने ? केही थाहा छैन ।’

वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा– ९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए ।

गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरु बाढीपछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताइन् ।

पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरुको गुनासो छ ।

पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको उनले बताए ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई वडाबाट राहत सामग्री वितरण भएको बताए ।

Tags: #रासस#सुनसरीगुनासोराहत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम
FEATURE BREAKING

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम...

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.