Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८१
in टाकुरा विशेष, भिजिट नेपाल, विविध, समाचार
0
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान
81
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक  खुम्बु भित्रिएका छन् ।

हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए ।

पर्यटक आगमनको याम  सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनको भनाई छ । यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए ।

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । उनले भने, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।”

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए ।

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए ।

सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए।

Tags: #पर्यटन#भिजिट नेपाल#राससटाकुरा विशेषपर्यटकसोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    340 shares
    Share 136 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.