धरान : धरान उपमहानगरपालिका-८ तीनकुने स्थितबाट ठूलो परिमाणमा निषेधित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट धरानतर्फ आउँदै गरेको को १ ख ७४५१ नम्बरको बसलाई चेकजाँच गर्दा बसमा सवार रहेका विराटनगर-१२ का २७ वर्षीय राकेश कुमार यादवले जेब्रा झोलामा लुकाईछिपाई बोकेको निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्कीसहित यादवलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका यादवको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post