Tuesday, May 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

वर्षाका कारण कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८१
in विविध, समाचार
0
झापा बाढीको उच्च जोखिममा, नौ सय १९ घरधुरी प्रभावित हुने आकलन

सांकेतिक तस्बिर ।

82
SHARES
Share on FacebookShare on Twitter

बेलबारी : अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो । वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा. दीपा दियालीले बताए ।

प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उनले जानकारी दिए ।

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झपामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा रु ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको रु एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो रु तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ ।

यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

हरिनगरमा मात्रै २४ करोड २७ लाखको क्षति

यस्तै सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै रु २४ करोड २७ लाख बराबरको धनमाल क्षति भएको छ । बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले जनाएको छ ।

गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गरेर रु २४ करोड २७ लाख बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सातवटा विद्यालयमा आंशिक क्षति हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

यसैगरी छवटा पुल तथा सडक आंशिक रूपमा क्षति हुँदा रु दुई करोड ५० लाख बराबरको क्षति भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

यसैगरी नौ सय बिघा अन्न बाली पूर्ण रूपले र एक हजार छ बिघामा लगाइएको अन्नबाली आंशिक रूपले क्षति हुँदा रु १० करोड बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी ४० बिघा जमिन पूर्ण रूपले र ५५ बिघा जमिन आंशिक रूपले क्षति हुँदा १० करोड बराबरको क्षति भएको छ ।

यसैगरी तीनवटा हेल्थ पोष्टमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

बाढीका कारण क्षति भएका भौतिक संरचनाको मर्मतसम्भार कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

Tags: #राससक्षति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
FEATURE BREAKING

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भइरहेको हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली कोशी प्रदेशतर्फ सरेको मौसम विभागले जनाएको छ। मौसम...

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’
FEATURE BREAKING

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले बाढी तथा डुबानको समस्या रोक्न पानीको प्राकृतिक बहाव अवरुद्ध...

भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

मोरङमा करेन्ट लागेर एक महिलाको निधन

बैशाख २१, २०८३
पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३
सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

बैशाख २१, २०८३
भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1551 shares
    Share 620 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    620 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.