इटहरी : सुनसरी, झापा, भोजपुर र धनकुटाबाट लागूऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको कोशी गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित बेचबिखनमा संलग्न सप्तरी राजबिराजका १९ वर्षीय रोहितकुमार मण्डल, इटहरीका ३६ वर्षीय अग्रदीप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी हिलेले धनकुटा नगरपालिका १ बाट पैदलयात्री स्थानीय २५ वर्षीय फुर्वा तामाङ, २७ वर्षीय छितेन तामाङ, २७ वर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका ९ का २८ वर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
भोजपुरको अरुण गाउँपालिका ६ जरायोटार स्थितमा बा ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका ९ का २५ वर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३५ वर्षीय रुपेन्द्र भण्डारी र ३४ वर्षीय नारायण बहादुर बस्नेतलाई २ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post