विराटनगर : मोरङ, झापा र उदयपुरबाट लागूऔषध ब्राउनसुगर, प्रतिबन्धित औषधी र गाँजासहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुलसहित उर्लाबारी ६ का ३० वर्षीय प्रकाश बिक र ५१ वर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ ।
त्यसैगरी झापाको भद्रपुर नगरपालिका ३ स्थितमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हल्दिबारी गाउँपालिका २ का २५ वर्षीय बिष्णु राजवंशीलाई १ ग्राम ९५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
यता, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका १२ का २० बर्षीय रुपन लिम्बू, २८ बर्षीय असीम राई, ३६ वर्षीय सञ्जीव थापा र त्रियुगा नगरपालिका १३ का ३५ वर्षीय मलिन थापालाई प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post