Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगरमा २८ वर्षदेखि कार्यरत कर्मचारी सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८१
in विविध, समाचार
0
विराटनगरमा २८ वर्षदेखि कार्यरत कर्मचारी सम्मानित
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।

वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनीलकुमार कामतलाई सम्मान गरेको हो । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गरे । उनी २८ वर्षदेखि सोही वडामा कार्यरत थिए ।

इमान्दार र कतव्र्यनिष्ठ भएर जनताको सेवामा समर्पित भएका कारण कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताए ।

त्यस्तै, सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तला उद्घाटन गरेका छन् ।
वडा कार्यालयले चियापानसहित तिहार, छठ र नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदानसमेत राखेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासमा महानगरपालिका लागिपरेको बताए । उनले भौतिक विकाससँगै मानवीय विकासमा पनि महानगरले योजनाबद्ध रूपमा कार्य गरिरहेको जानकारी दिए ।

हालै मात्रै वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर, विराटनगर–४ दूधफारम दक्षिण अटिज्म सेवा केन्द्र स्थापना, ट्राफिक लाइटको जडान, रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले बरगाछी–रानी सौन्दर्यकरण जारी रहेको बताउँदै विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित विराटनगर बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गरे ।

त्यस्तै उपमेयर कार्कीले महानगरमा सबैभन्दा कम गुनासो वडा नम्बर १० बाट आउने गरेको बताइन् । उनले तुलानात्मक रूपमा विराटनगरको वडा नम्बर १० विकसित, सफा र व्यवस्थित रहेको उल्लेख गरिन् ।

कार्यक्रममा वडासचिव चन्दानन्द यादव, वडा सदस्य देबु मण्डल, जसपा महानगर सचिव रामचन्द्र यादव, ब्रम्हाकुमारी राजयोगका तुलसीकुमार, मैथिली समाजका फूलकुमार देव, गणेश पुस्तकालयका ईश्वरीप्रसाद नेपाल, मानव सेवा आश्रमकी पार्वती तिवारी, विराट सेवा आश्रमका रामकृष्ण तिम्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Tags: #विराटनगरविराटनगर महानगरपालिकासम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–१५ आरालाईनमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहानको राति करिब १ः०५ बजेतिर...

अलैँची नै गाउँको भरोसा, किसानको जीविका
FEATURE BREAKING

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

by रासस
अशोज १३, २०८३
0

पाँचथर : यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं. १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म...

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.