इटहरी : सुनसरीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको बर्जु गाँउपालिका ४ स्थितबाट लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले बर्जु ४ का २० वर्षीय शंकर मण्डललाई दुई सय ९५ किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।
गाँजासहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post