Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मानव तस्करको अपराधमा मुछिएका कोशीका पूर्व मन्त्रीमाथि छानबिन गर्न माओबादीको माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८१
in समाचार
0
मानव तस्करको अपराधमा मुछिएका कोशीका पूर्व मन्त्रीमाथि छानबिन गर्न माओबादीको माग
149
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले प्रदेशबासीको शिर निहुरेको माओबादी केन्द्रले जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै माओबादी केन्द्र कोशी प्रदेश संसदीय दलले निवर्तमान मन्त्री अधिकारी मानव तस्करीजस्तो अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरेको जनाउँदै छानबिनको माग राखेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाद्धारा जारी विज्ञप्तीअनुसार कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको जापान भ्रमणबारेको विवादमा छानबिनको माग राखिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवशीको शिर निहुरिएको छ ।’

मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात कीर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय भएकाले छानबिन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाईटिकको प्रबन्ध हुनु रहस्यमयी देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्त व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करी प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ ।’

मन्त्री अधिकारीको भ्रमण टोलीमा कञ्चन देवकोटा, जनक राई, दावा शेर्पा र अनिता तिमल्सिना रहेका थिए । उनीहरूसँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिचयपत्र समेत रहेको थियो । उनहरूमध्ये कञ्चन, जनक र दावालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा मुछिएपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । यद्यपि, अधिकारीले भने नैतिकताको आधारमा राजीनामा दिएको जनाउँदै आएका छन् ।

Tags: कोसी प्रदेशमाओबादीलीलाबल्लभ अधिकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.