संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका ३ का ३६ वर्षीय विकास राईको हत्या भएको छ ।
हत्या गरेर फ्याँकेको अवस्थामा चिचिला गाउँपालिका ३ स्थित भीरमा शव भेटिएको प्रहरीले जनाएको छ ।
सडेगलेको अवस्थामा शव फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
आइतबार बिहान भीरबाट शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको बस्नेतले बताए ।
उनको हत्या कात्तिक १८ गते भाइटीकाकै दिन भएको हो । विकासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चिचिला ३ का प्रदीप राईलाई पक्राउ गरेको छ । प्रदीप आफैंले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् ।
प्रहरीकाअनुसार अपराधिक पृष्ठभूमिका विकास जेलबाट दुई महिनाअघि मात्रै छुटेका थिए ।
अपराधिक पृष्ठभूमिका विकाशविरुद्ध ६ पटक सार्वजनिक अपराध, २ पटक ज्यान मार्ने उद्योग र २ पटक लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो ।














Discussion about this post