इटहरी : झापा र सुनसरीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले गोप्य सूचनाको आधारमा इटहरी उपमहानगरपालिका ४ मनकामना टोलका २९ वर्षीय विवेक चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम ८९० मिलिग्रामसहित पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका ८ केर्खा टोल का २१ वर्षीय विक्रम क्षेत्रीको साथबाट लागूऔषध ब्राउनसुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको उनीहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post