इटहरी : इटहरी लेडी जेसीजले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई सम्मानित गरेको छ ।
अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेकी राईलाई मंगलबार एक कार्यक्रमबीच सम्मानित गरेको हो ।
इटहरी २० तरहरा निवासी राईलाई इटहरी लेडी जेसीजले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसर पारेर नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन् । उनी १३ औँ साफ च्याम्पियनसिपको स्वर्ण पदक विजेतासमेत हुन् ।
साथै, सोही कार्यक्रमको अवसर पारेर नेपाल टेलिभिजन इटहरीका प्रमुख वसन्त रुपाखेती र सङ्घर्षशील एकल महिला सरस्वती श्रेष्ठ खुलाललाईसमेत सम्मान गरिएको अध्यक्ष काफ्लेले बताइन् ।














Discussion about this post