इटहरी : झापा र मोरङबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले को १२ प ४५७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका १ घर भएर हाल इटहरी १९ मा बस्दै आएका २८ वर्षीय जीवन कामीलाई पक्राउ गरेको छ ।
उनको साथबाट ब्राउनसुगर ३ ग्राम फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता, इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका १ बाट औषधी ट्रमाडोल ९२ चक्कीसहित झापाको दमक ७ का शिवु लिम्बू र मनिष लिम्बूलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post