मोरङ : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् ।
उनले ६ हजार ९ सय ६९ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । यसैगरी एमालेका तुलसीराम विश्वास ४ हजार १ सय ५९ मत प्राप्त गरे ।
२०७९ सालमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएपनि राष्ट्रियसभाको निर्वाचनमा मत हाल्न विराटनगर गएको बेला उनी अचानक बेहोस भएका थिए ।
उपचारका क्रममा उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो ।














Discussion about this post