खोटाङ : खोटाङको केपिलासगढी गाउँपालिका ३ स्थितमा सुमो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
काठमाण्डौँबाट बाक्सिलातर्फ जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो गाडीको टायरमा बाँसको भाटा अड्केकोले गाडी रोकेर निकाल्ने क्रममा गाडी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा केपिलासगढी का ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक ऐसेलुखर्क गाउँपालिका १ का सत्रुधन राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post