इटहरी : झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका ५ मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका २ का ४६ वर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउनसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउनसुगरसहित इटहरी १८ का ५९ वर्षीय महिद मियाँ र उनकै ३० वर्षीय छोरा इब्राम मियाँलाई पक्राउ गरेको छ ।
यस्तै, अस्थायी प्रहरी चौकी तीनकुनेले धरान ८ का ३० वर्षीय सञ्जोग तामाङ र २४ वर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेनसहित पक्राउ गरेको छ । य
सैगरी मोरङको सुनवर्षी नगरपालिका ६ स्थितमा बेवारिसे अवस्थामा रहेको २५ किलोग्राम गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको छ ।
पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post