विराटनगर : विराटनगर महानगरपालिका ४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाइकल चोरी गर्दागर्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार पार्किङ गरी राखिएको मोटरसाइकल राति ८ बजेतिर चोरी गर्दागर्दै पक्राउ गरिएको हो ।
अस्पताल परिसरमा पार्किङ गरी राखेको को २३ प ६१७६ र प्रदेश १–०२–०४४ प १९ नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर ३ का १८ वर्षीय निकपाल यादब र १८ वर्षीय जितेन्द्र यादव रहेका छन् । उनीहरूलाई अस्पतालमा खटिएको प्रहरी कर्मचारीले नियन्त्रणमा लिएको हो ।
चोरीमा संलग्न रहेका दुवैजनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post