इटहरी : लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागूऔषध ब्राउनसुरसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेका इटहरी उपमहानगरपालिका ४ का १९ वर्षीय विजय लिम्बूलाई एक ग्राम लागूऔषध ब्राउनसुरसहित पक्राउ गरिएको हो ।
उनलाई विराटनगर महानगरपालिका १५ स्थितबाट नियन्त्रणमा लिएको हो ।
लागूऔषध ब्राउनसुरसहित पक्राउ परेका लिम्बूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post