इटहरी : झापा र सुनसरीबाट लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २० गते दिउँसो झापाको कमल गाउँपालिका ४ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउनसुगरसहित स्थानीय ३९ वर्षीय धनराज लिम्बू, २६ वर्षीय रोहित नेम्बाङ, २३ वर्षीय राजेश नेम्वाङ र शिवसताक्षी नगरपालिका १ का ३३ वर्षीय सुरेश निरौलालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी चारआलीले मेचीनगर नगरपालिका ११ का २३ वर्षीय ईशाक राई र मेचीनगर १३ का ३० वर्षीय सुनील नगरकोटी मगरलाई ब्राउनसुगर १ ग्राम ४७० मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ११ का २८ वर्षीय विनोद आचार्यलाई ट्रामाडोल र स्पासमो गरी एक हजार ३०४ ट्याव्लेटसहित अस्थायी प्रहरी बिट जोरसखुवाले नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post