इटहरीमा आज थप तीनजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरीमा एक महिलासहित आज मंगलबार थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।
उनका अनुसार वडा नं. ४ की एक महिलामा संक्रमण भएको छ भने वडा नं. ५ र ६ का एक–एक जना पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ पुगेको छ ।














Discussion about this post