Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

हिसान एन्फा कप फुटबलमा पूर्वाञ्चल र क्रिकेटमा विश्व आदर्शलाई उपाधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १८, २०८१
in खेलकुद, समाचार
0
हिसान एन्फा कप फुटबलमा पूर्वाञ्चल र क्रिकेटमा विश्व आदर्शलाई उपाधि
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल कलेजले जितेको छ ।

इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुष्मा कलेजलाई १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधि जितेको हो ।

पूर्वाञ्चललाई उपाधि जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ ।

उपविजेता बनेको सुष्मा कलेजले १५ हजार रुपैयाँ पाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद एक हजार रुपैयाँ पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ्चलका सिजल राई घोषित भए । उनले सर्वोत्कृष्ट भएबापत नगद पाँच हजार र उच्च गोलकर्ताको तीन हजारसहित आठ हजार पुरस्कार पाए ।

पूर्वाञ्चलकै सुमित राई बेस्ट गोल किप्पर, सक्षम प्रधान बेस्ट मिडफिल्डर र सजीवन राई बेस्ट प्रशिक्षक घोषित भए । सुष्मा कलेजका देवराज श्रेष्ठ बेस्ट फरवार्ड र युसन राई बेस्ट डिफेन्स घोषित भए । उनीहरूले जनही नगद २–२ हजार रुपैया पाए ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रमुख अतिथि हिसान केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, सचिव सुभाष लुईटेल, एन्फा सुनसरी वरिष्ठ उपाध्यक्ष भेषराज कार्की, महासचिव कोबिदजंग कार्की, सदस्य प्रकाश कोइराला लगायतले पुरस्कार वितरण गरे ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गतेदेखि भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माविहरूको सहभागीता रहेको थियो ।

क्रिकेटको उपाधि विश्व आदर्शलाई

हिसान सुनसरीको स्पोर्टस् मिट अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि विश्व आदर्श कलेजले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा विश्व आदर्शले स्मल हेभन कलेजलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको स्मल हेभनले निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाउदै ८५ रन जोडेको थियो ।

प्रतिउत्तरमा ८६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विश्व आदर्शले १० दशमलव २ बलमा ५ विकेट गुमाउदै जीत हात पारेको हो ।

माघ १३ गतेदेखि भएको क्रिकेट प्रतियोगितामा सुनसरीका ११ वटा कलेजहरूको सहभागीता रहेको थियो ।

Tags: #खेलकुदहिसान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.