झापा : झापामा कुटपिटबाट एक पुरुषको हत्या भएको छ ।
कमल गाँउपालिका ७ का ३७ वर्षीय पून्यप्रसाद बास्तोलाले सोही स्थानका ४५ वर्षीय देवलाल चौधरीलाई सामान्य विवादमै लाठीले कुटपिट गरी हत्या गरेका हुन् ।
कुटपिट गर्दा घायते भएका चौधरीको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न बास्तोलालाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post