विराटनगर : कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सार्वजनिक खरिद नियामावली दोश्रो संशोधन २०८१ र सार्वजनिक खर्च मापदण्ड मितव्ययिता सम्बन्धित तेश्रो संशोधनलाई प्रदेश मामिला तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई नियमावली विधेयक समितिमा पठाउने निर्णय भएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका काम कारबाही चुस्त दुरूस्त बनाउन मन्त्रीहरूलाई निर्देशन दिएको उनले बताए ।
नियमावली संशोधन भएपछि विकास निर्माणका काममा सहजता हुने मन्त्री भण्डारीले जानकारी दिए ।
Discussion about this post