Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध फाेटाे फिचर

पाथीभरामा अधिक हिमपात

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०८१
in फाेटाे फिचर, समाचार
0
पाथीभरामा अधिक हिमपात
101
SHARES
Share on FacebookShare on Twitter

फुङ्लिङ : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा अधिक हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा अधिक हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो ।

त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने अधिक हिमपात भएको छ ।

महतले भने, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।”

पाथीभरा क्षेत्रमा अधिक हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

उनकाअनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् ।

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो ।

तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज तीन सय जना तिर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ ।

Tags: #राससपाथीभराहिमपात
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी टप्पुमा अर्नाको बथान
FEATURE BREAKING

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

by रासस
साउन २८, २०८३
0

सुनसरी : दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी...

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने
समाचार

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : विद्यालयमा पढिरहेका तर आँखामा समस्या भएको थाहा नपाएका बालबालिकाको पहिचान गर्न इटहरीमा वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन हुने...

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

कोशीमा चट्याङको कहर : पाँच वर्षमा ६६ मृत्यु, २१८ घाइते

साउन २८, २०८३
ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी टप्पुमा अर्नाको बथान

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

साउन २८, २०८३
इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

साउन २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

कोशीमा चट्याङको कहर : पाँच वर्षमा ६६ मृत्यु, २१८ घाइते

साउन २८, २०८३
ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.