इटहरी : इटहरी गोल्डकपको फाइनल खेल आज (शनिबार) इटहरी रंगशालामा हुँदैछ ।
दिउँसो २ः३० बाट सुरू हुने खेलमा उपाधिका लागि लागि सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दैछन् ।
सगरमाथा युथ क्लबले क्वाटरफाइनलमा न्यूरोड टिम (एनआरटी) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
यसैगरी यस्तै मच्छिन्द्रले क्वाटरफाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
आज हुने फाइनल खेलमा कसले बाजी मार्ला भन्ने चासो बनिरहेको छ । दुवै टिमले आफ्नो पक्षमा उपाधि कब्जा बनाउने दाबी गरिरहेका छन् ।
राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।
Discussion about this post