इटहरी : इटहरीमा सट्टेबाजी ‘वान–एक्स बेट’ खेल खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी २० का ३० वर्षीय रञ्जित थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ रहेका छन् ।
इटहरी ६ सङ्गीत चौकमा रहेको इडिङ्गो होटलमा बसेर विद्युतीय सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । यद्यपि, उनीहरूलाई बुधबार मात्रै सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सट्टाबाजी खेलाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उपकरणहरुसमेत चेकजाँच गर्दा सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने एप रहेको उक्त एपमार्फत ‘वान–एक्स बेट’ सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने उपकरण बरामद गरिएको छ ।
पक्राउ परेका तीनैजनामाथि सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Discussion about this post