विराटनगर : विराटनगरमा बिहीबारदेखि हुने कोशी विचार उत्सवको तयारी पूरा भएको छ ।
वीणा फाउन्डेसनको आयोजनामा विराटनगरमा फागुन १५ देखि १७ गतेसम्म हुने उत्सवबारे तयारी पूरा भएको हो ।
फाउन्डेसनका संस्थापक बरुण झाका अनुसार क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो उत्सवको आयोजना गरिएको हो ।
उत्सवमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सांसद प्रदीप ज्ञवाली, योगेश भट्टराई, मनिष झा, सुनिता बराल, शिशिर खनाल, निशा डांगी, भगवती चौधरी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी प्यानल छलफलमा पत्रकारहरू टीकाराम यात्री, ऋषि धमला, जीवराम भण्डारी लगायतले सहजीकरण गर्नेछन् ।
विचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
विराटनगरको हिमालय रोडमा गरिने कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Discussion about this post