सुनसरीका ४ जना शशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच दिनअघि स्वाब संकलन गरिएका उनीहरुको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
शशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार उनीहरुको स्वाब साउन ३२ गते संलकन गरिएको थियो ।
हाल चारै जना शशस्त्रकै आइसोलेसनमा रहेको र सुनसरीको बराहक्षेत्रको चतरास्थित आइसोलेसन केन्द्रमा लगिने एसपी ढकालले जानकारी दिए ।















Discussion about this post