Sunday, March 8, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तरहरामा फागुन २४ गते ‘१० के रन’, दुई हजार बढी धावक सहभागी हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १६, २०८१
in खेलकुद, समाचार
0
तरहरामा फागुन २४ गते ‘१० के रन’, दुई हजार बढी धावक सहभागी हुने
206
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा यही फागुन २४ गते शनिबार दोस्रो तरहरा ‘१० के रन’ आयोजना हुने भएको छ ।

शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताबारे जानकारी दिइएको हो । दौड प्रतियोगितामा दुई हजार दुई सय धावक, धाविकाहरू सहभागी हुने बताइएको छ ।

कोशी प्रदेशसहित र खासगरी भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायतबाट धावक, धाविकाहरू सहभागी हुने तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए ।

उनका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ । जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपात्र प्राप्त गर्नेछन् ।

यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१६ देखि ४० वर्ष उमेर समूहकाहरूले १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ४० देखि ६० वर्ष उमेर समूहकाहरूले पनि १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार प्राप्त गर्नेछन् ।

यस्तै, ६० वर्षदेखि माथि ७५ वर्ष उमेर समूहकाले पनि १० किलोमिटर दौडमा सहभागी हुन पाउनेछन् । जसमा तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी स्पाइनर इन्जुरी भएकाहरूको समूहले एक किलोमिटर दौडमा सहभागी हुनेछन् । उनीहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, गृहिणी तथा पारिवारिक रमाइलो दौडमा तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी हुन पाउनेछन् ।

उनीहरूलाई मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ । जुनसुकै विधामा पनि पुरुष, महिला दुवैले सहभागी जनाउन सकिने र अहिले दर्ताको काम भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार दौडमा सहभागी सबै धावकहरूलाई प्रमाणपत्र र मेडलसमेत उपलब्ध गराइनेछ ।

‘आम मानिसलाई दौडप्रति अभिप्रेरित गर्ने हाम्रो उदेश्य हो,’ राईले भने, ‘हामीले हरेक शनिबार साप्ताहिक रूपमा दौडमा सहभागी हुँदै आएका छौँ । विद्यार्थीहरू पनि यसमा सहभागी छन् । आज साप्ताहिक दौड ८० हप्तामा जारी छ ।’

कार्यक्रम संयोजक मीनकुमार खवासका अनुसार इटहरीको पहिचान झल्किनेगरी मेडल निर्माण गरिएको छ । कार्यक्रममा करिब १९ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

जसमा सहभागीबाट आठ लाख ८० हजार, इटहरी उपमहानगरपालिकाबाट तीन लाख र बाँकी सहयोगीबाट रकम संकलन हुने बताइएको छ ।

तरहरा चोकबाट सुरू भएको दौड प्रतियोगिता ब्रम्हपुर, अमाहा हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक नै आइपुग्ने रुट तय गरिएको संस्थाका सचिव जीवन गिरीले जानकारी दिए ।

Tags: #खेलकुदरनशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी
निर्वाचन

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

झापा : झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त...

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित
FEATURE BREAKING

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

इटहरी : खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् । राईले १६ हजार ६१२ मत प्राप्त गरेका हुन्...

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२
झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २४, २०८२
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

फाल्गुन २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२
उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.