दुई बालिकालाई फरक–फरक स्थानमा बलात्कार गरेको आरोपमा दुई युवालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।
बाख्रा चराउन गएकी बालिकामाथि शनिबार बलात्कार गर्ने स्थानीय दिलकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको बुबाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
त्यस्तै धनकुटा–१ मा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय निकेश तामाङ रहेका छन् । घरमा कोही नभएको मौका छोपेर उनले ती बालिकालाई बलात्कार गरेका थिए ।














Discussion about this post