विराटनगर : विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।
आर्मीको जितका लागि आर्मीका निरज चौधरीले खेलको ३७ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले गोलमा परिणत गरेका थिए ।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर, सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्याउन आक्रामक खेल खेलेपनि सफल हुन सकेन ।
घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको ५३ औ मिनेटमा मोरङका भुवन बस्नेतले गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।
त्यसलगतै सुशील राईले गोल गर्ने गतिलो अवसर गुमाए । मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो ।
७० औँ मिनेटमा दोर्जे तामाङ्गले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा बराबारीमा ल्याउने अवसर खेर गयो ।
प्रतियोगिताको म्यान अफ दि म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित हुँदै नगद ११ हजार प्राप्त गरे ।
बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।
Discussion about this post