Sunday, November 16, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

बुढासुब्बा गोल्डकपको विजेता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज विराट गोल्डकपको सेमिफाइलनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८१
in खेलकुद, समाचार
0
बुढासुब्बा गोल्डकपको विजेता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज विराट गोल्डकपको सेमिफाइलनमा
93
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजतो न्यूरोड टिम (एनआरटी) क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्री स्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।

चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।

चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो ।

पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रमक भएर मैदान प्रवेश गर्यो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए ।

चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो ।

एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए ।

२४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो ।

४० औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।

एनआरटी फिनिसिङमा चुकेको थियो । यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो ।

चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।

२७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो ।

जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरूको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।

प्रतियोगिताको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।

Tags: #खेलकुदगोल्डकपविराट गोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–लेगुवा सडक सञ्चालनमा
विविध

सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

by रासस
कार्तिक २९, २०८२
0

किमाथाङ्का : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो
समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (प्रतिलिटर कति ?)

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको हो...

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कार्तिक २९, २०८२
यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२
धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–लेगुवा सडक सञ्चालनमा

सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

कार्तिक २९, २०८२
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (प्रतिलिटर कति ?)

कार्तिक २९, २०८२
तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कार्तिक २९, २०८२
यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    344 shares
    Share 138 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.