इटहरी २० तरहरामा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार १ गते गरिएको पीसीआर परीक्षणमा तरहराका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी अघिल्लो साता विदेशबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए ।
कोरोना पोजेटिभ देखिएका पुरुषले विदेशमा परीक्षण गर्दा नेगेटिभ आएपछि उनी नेपाल आएको श्रेष्ठले बताए ।
उनका अनुसार ती पुरुषमा लक्षण भने देखिएको छैन ।
उनलाई अस्पताल लैजाने तयारी भईरहेको बताईएको छ ।














Discussion about this post