सुनसरीको दुहबीमा ११ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
पुर्बान्चल डिस्टिलरी प्रा.लि, प्रिमियम स्टिल प्रा.लि र अन्नपूर्ण जुत्ता चप्पल उद्योगबाट १ महिला र १० पुरुष सहित ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
पुर्बान्चल डिस्टिलरीबाट संक्रमितहरु ३ मध्ये २ जना दुहबी वडा नम्बर ४ का ४२ र ५५ बर्षका पुरुषहरु रहेका छन् । एक जना दुहबी ६ का २३ बर्षका पुरुष रहेका छन् ।
अन्नपूर्ण जुत्ता चप्पल उद्योगबाट एक जना बर्ष ५३ कि महिला रहेकी छिन् । प्रिमियम स्टिलबाट ७ जना पुरुषहरु रहेका छन् ।
यो सगै दुहबीमा जम्मा कोरोना संक्रमितहरुको संख्या ६१ पगेको छ ।















Discussion about this post