इटहरी
१४ बर्षीय बालकको शरीभरी टेपले बाँधेर लागूऔषध भेटिएको पाईएको छ ।
विराटनगर–१२ मा रहेको बखरी प्रहरी चौकीका ईन्चार्ज गंगा बहादुर खत्रीको प्रहरी टोलीले भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित धरानका १४ बर्षीय बालकलाई पक्राउ गरिएको छ । जोगवनीमा लागूऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागूऔषध बालकको शरिरमा टेपले बाधेर पठाइएको मोरङका एसपी विश्व अधिकारीले बताए ।
प्रहरीले पक्राउ गरेको ती बालक लागूऔषध दुव्र्यसनी रहेको उनको भनाई थियो । प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिङ २५ सेट गरि ७५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...











Discussion about this post