इटहरीमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईका अनुसार भदौ २ गते स्वाब पठाएको मध्ये थप पाँच जना र ३ गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका हुन् ।
संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेको भट्टराईले जानकारी दिए ।
यो सँगै इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।














Discussion about this post