Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको सहिद स्कुलमा होली खेल्न नदिएको विषयमा लफडा, होस्टेलमै जाँडको भण्डार (भिडिओसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीको सहिद स्कुलमा होली खेल्न नदिएको विषयमा लफडा, होस्टेलमै जाँडको भण्डार (भिडिओसहित)
291
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी १९ मा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालययमा होली खेल्न नदिएको विषयमा लफडा भएको छ ।

दुई दिनअघि होलीको समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी र होस्टलका वार्डेन सोमप्रसाद पुरीले विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

आइतबार (आज) यहाँका विद्यार्थीहरूले होस्टलमा विद्यालयका शिक्षकहरूलाई निकाला गरेर गेट भित्रबाट तालाबन्दीसमेत गरेका छन् ।

कक्षा १२ मा अध्ययनरत पुरन विश्वकर्माले होली खेल्ने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको बताए ।

‘होलीको दिन होस्टल वार्डेन सोमप्रसाद पुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले खेदाउनुभयो,’ विश्वकर्माको आरोप छ, ‘होली नमनाउने भए किन विद्यालय छुट्टी भयो । यहाँ होली खेल्ने को हो ? खेल्छस् भने मसँग आइज भनेर थर्काउँदै दुर्व्यवहार भयो ।’

उनका अनुसार होस्टेल वार्डेन पुरीले ‘बाहिरको मान्छे ल्याएर कुटपिट गर्ने’ धम्कीसमेत दिएको उनले बताए ।

‘होस्टल वार्डेनले मैले चाहेँ भने बाहिरको मान्छे लगाएर कुटाउन सक्छु भनेर धम्की दिनुभयो,’ विश्वकर्माले भने, ‘अध्यक्षले भने तेरो बाउको स्कुल हो भनेर धम्की दिदैँ निष्कासन गर्ने धम्की दिएपछि मानसिक समस्या भयो ।’

उनले होस्टलभित्रै जाँड बनाउनेगरेको बताए । ‘यहाँ जाँड बनाइदोँरहेछ । यहाँका नराम्रो क्रियाकलापबारे बोल्दा दबाबमा राखिन्छ,’ उनले भने, ‘विद्यार्थीलाई धम्की दिइयो, मानसिक समस्या भयो ।’ विद्यालयमै जाँडको भण्डारसमेत रहेकाले यसबारे विद्यालय प्रशासनले दबाउन खोजेकोसमेत उनको भनाइ छ ।

कक्षा ७ मा अध्ययनरत विद्यार्थी गणपति चौधरीले आफूलाई विद्यालय व्यवस्थापन समितिले दबाब दिएको बताए । आफू सहिद परिवारकै सन्तान भएपनि सहिद स्कुलमै विभेद भएको उनले सुनाए ।

आफ्नी दिदी लक्ष्मीकुमारी चौधरीलाई शुल्क नतिरिकन पढ्न नपाइने भन्दै पढाइबाटसमेत वञ्चित गराइएको उनको भनाइ छ । ‘सहिद स्कुलमा सहिदकै बच्चा पढ्न पाइंदैँन,’ उनले भने, ‘पढ्नका लागि पैसा लाग्छ भनेर भनियो । मलाई पनि जतिसुकै पावर लगा यहाँ राख्दिन भन्दै दबाब दिइयो ।’

खासगरी होलीको विषयमा विवाद भएपनि यहाँभित्र थुप्रै समस्या रहेको र यसबारे विद्यालय व्यवस्थापन समितिले भने विद्यार्थीलाई दबाब दिइरहेकाले समस्या उत्पन्न भएको उनको भनाइ छ ।

विद्यालयमै जाँड बनाइने, सफाइका लागि कर्मचारी राखेपनि विद्यार्थीलाई धम्की दिदैँ सफाइमा खटाइने, शौचालय सफा गर्न लगाउने, शुल्क नतिरेमा कोचिङ कक्षामा सहभागी नगराइने, भ्रमण शुल्कका लागि बजेट आएपनि विद्यार्थीमा शुल्क लिइनेलगायतका समस्या रहेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

यसबारे बोलेमा विद्यालयबाटै निष्कासन गर्नेसम्मको धम्की दिदाँ थप दबाबमा परेको उनीहरूको भनाइ छ ।

विश्वकर्मा र चौधरीजस्तै कक्षा ११ मा अध्ययनरत विशु घिमिरे, कक्षा १२ मा अध्ययनरत गरिमा पोखरेल, कक्षा ७ मा अध्ययनरत विपन विश्वकर्मा, कक्षा १२ मा अध्ययनरत धनसिंह कार्की, कक्षा १० मा अध्ययनरत रोहितजङ्ग राजवंशीलगायतले विद्यालयमा जाँड बनाउँदा दूर्गन्ध फैलिएको, बोलेमा घर फर्काइदिने धम्की दिएको, कोचिङको माग गर्दा पैसा माग गरेको, भ्रमणका लागि शुल्क आएपनि विद्यार्थीसँग लिइएको बताए ।

‘स्कुलमा भएका नराम्रा कुराबारे केही भन्न पाइदैँन,’ धनसिंहले भने, ‘धेरै नबोल, झोला बोकेर घर कुद्नुपर्ला भन्ने धम्की आउँछ ।’

कक्षा १० मा अध्ययनरत रोहितजङ्गका अनुसार अघिल्ला वर्षमा कोचिङ कक्षाको शुल्क तिर्नुनपरे पनि यस वर्ष तिर्नुपरेको छ । ‘अघिल्लो वर्षमा कोचिङको शुल्क लिएको थिएन । निःशुल्क पढाइ भनिन्छ । तर, निःशुल्क पढाइ भएकै छैन,’ उनले भने ।

यता, होस्टल वार्डेन पुरीले भने आफूले विद्यार्थी नधम्क्याएको जिकिर गरे । ‘होली खेल्ने क्रममा हुलदंगा बढी भएपछि होली नखेल भनेको हो,’ उनले भने, ‘मैले कसैलाई धम्क्याएको छैन ।’

होस्टलमा कार्यरत कर्मचारी विमला गिरीले उब्रिएको खानेकुरालाई भण्डारण गरी मोर्चा प्रयोग गरेर सुँगुरलाई दिएको उनले बताए ।

‘यो जाँड भन्दा पनि विद्यार्थीले खाएर उब्रिएको भातलाई जम्मा पारेर मोर्चा हालिएको हो,’ वार्डेन पुरीले भने, ‘लोकल गाउँको मान्यताअनुसार मोर्चा हालेको खानेकुरा दिएमा सुँगुर छिट्टै बढ्ने मान्यता छ । यो कसैले खानको लागि बनाइएको होइन ।’

होस्टल क्षेत्रभित्र सुँगुर पालन गरिएको र मोर्चा प्रयोग गरी त्यसलाई खान दिएको उनको भनाइ छ ।

विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलका अनुसार होस्टलमा दुई सय ५६ जना विद्यार्थी आवासीय छन् । सुरक्षा र संवेदनशीलतासँग जोडिएकाले सामूहिक होली खेल्न नदिदाँ विद्यार्थीको गुनासो रहेकाले त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताइन् ।

‘खासगरी जाँडको जुन कुरा छ, त्यो चैँ वेस्टेज भएका खाद्यान्नको उच्चतम प्रयोग गर्ने उदेश्य हो,’ फुयाँलले भनिन्, ‘फालिएका सामाग्रीलाई प्रयोग गर्न सुँगुर पालेका हौँ । मादक पदार्थ सेवन गर्नेलाई होस्टलमा छिर्नै दिइदैँन । विद्यालयभित्रै बनाउने त कहाँ हुन्छ र ?’

उनले अब वैशाख महिनाभर विद्यार्थी बिदामा हुने समयमा सुँगुरलाई खानेकुरा दिनका लागि उक्त सामाग्री भण्डारण गरिएको उनको जिकिर छ ।

खासगरी शुल्कको विषयमा भने अभिभावक सहयोग लिएको उनले बताइन् ।

‘विद्यार्थी सिस्टममा बस्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भनिन्, ‘दुई सय ५६ जना विद्यार्थी होस्टलमा बस्नु चानचुने कुरा होइन ।’

Tags: टाकुरा विशेषलफडासहिद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1546 shares
    Share 618 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    649 shares
    Share 260 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    618 shares
    Share 247 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.