खोटाङ : खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको शनिबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार शनिबार बिहान करिब साढे ४ बजेतिर पानी परेपछि आँगनमा सामान उठाउने क्रममा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post