वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान १५ निवास ६७ बर्षीय वृद्धको आज निधन भएको हो । मृतकको स्वास्थ्य अवस्था सिकिस्त भएपछि हिजो प्लाज्मा थेपारी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ ।
प्रतिष्ठानका अनुसार उनको आज मध्याह्न सवा १२ बजे निधन भएको हो ।
उनलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएको थियो । साथै मृतकलाई उच्च रक्तचापको दीर्घकालिन रोग पनि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो ।
उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । यसअघि पनि धरान १५ की कोरोना पोजेटिभ वृद्धाको पनि मृत्यु भएको थियो ।
क्लिक धरानबाट ।











Discussion about this post