Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

१२ नेपाली महिलाको टोली कञ्चनजङ्घा आधार शिविरमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०८१
in टाकुरा विशेष, भिजिट नेपाल, समाचार
0
१२ नेपाली महिलाको टोली कञ्चनजङ्घा आधार शिविरमा

तस्बिर सौजन्य : माया गुरुङ ।

94
SHARES
Share on FacebookShare on Twitter

इटहरी : १२ जना नेपाली महिलाले ‘ग्रेट हिमालयन ट्रेल’को सय दिने पदयात्रा अन्तर्गत कञ्चनजङ्घा आधार शिविरमा पुगेका छन् ।

विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ‘ग्रेट हिमालयन ट्रेल’ (जीएचटी)को एक सय दिने पदयात्रा अन्तर्गत १२ जना नेपाली महिला कञ्चनजङ्घा आधार शिविर पुगेका हुन् ।

सिन्धुपाल्चोककी माया गुरुङको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर पदयात्रा सुरू गरिएको थियो ।

१७ हिमाली जिल्लामा फैलिएको ‘ग्रेट हिमालयन ट्रेल’को पदयात्राको टोली अहिले कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएको छ । अब उक्त टोली ताप्लेजुङको घुन्सा नाङ्लो पास, ओलाङचुङगोला ‘सेन्जेमा’ ताल हुँदै टिप्ताला नाकाबाट अगाडि बढ्नेछ ।

यसअघि घुन्सामै पुगेर दीप प्रज्वलन गरी कञ्चनजङ्घा आधार शिविरतर्फ पदयात्रामा निस्किएको टोलीले स्थानीय समुदाय, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको गुरुङले बताइन् ।

‘स्थानीय समुदाय, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ गुरुङले भनिन्, ‘आज घुन्सामा आइपुगेका छौँ । यससँगै कञ्चनजङ्घा आधार शिविरको यात्रा सफल भएको छ ।’

उनका अनुसार टोलीमा पर्यटन क्षेत्रमा केही वर्षदेखि गाइड, भरियालगायतको भूमिकामा आबद्ध १९ वर्षदेखि ४५ वर्षसम्मका महिला छन् ।

ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको कम्तीमा एक हजार सात सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ, मौसमलगायतका कारण निकै चुनौतीपूर्ण मानिने उनी बताउँछिन् ।

ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि कञ्चनजङ्घा हिमालको आधार शिविर घुन्सा हुँदै सुदूरपश्चिम प्रदेशको दार्चुलामा पुगेर एक सय दिनमा यो अभियान टुंगिनेछ ।

१७ वटा हिमाली जिल्लाहरूको फेदबाट यात्रा तय गरिने गुरुङको भनाइ छ ।

उनको नेतृत्वमा सरस्वती तामाङ, संगीता तामाङ, वर्षा बिक, संगीता विश्वकर्मा, अनिसा श्रेष्ठ, रंजिता लामा, शान्ति थिङ तामाङ, श्रृष्टि तामाङ, मनमाया तामाङ, दीपा लामिछाने, र प्रमिता सापकोटा रहेका छन् । उनीहरू सिन्धुपाल्चोक निवासी हुन् । यसैगरी दाङका ६५ वर्षीय पुरुष सुन्दरकुमार चौधरी यात्रामा रहेका छन् ।

पदयात्राको नेतृत्व गरेकी गुरुङ सन् २००८ मा आयोजित पहिलो समावेशी महिला सगरमाथा आरोहण दलकी सदस्यसमेत हुन् ।

सगरमाथा, कञ्चनजंघा, मकालु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत ८ हजार मिटर अग्ला हिमालको आधार शिविरभन्दा मुनि भएर बनाइएको ‘ग्रेट हिमालयन ट्रेल’मा मुख्य दुई रुट विदेशीमाझ प्रख्यात छन् । एउटा ६ हजार एक सय मिटर हाराहारी उचाइको माथिल्लो कठिन भेग ।

दोस्रो दुर्गम गाउँबस्ती भएको तल्लो रुट । यो समूहले ६ हजार एक सय मिटर उचाइमा पर्ने उच्च हिमाली पास छिचोल्दै हिमाली जिल्लाका अन्तिम बस्ती हुँदै पदयात्रा गर्ने जनाएको छ  ।

पदयात्राका लागि जनही १२ देखि १५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । यात्रालाई १० खण्डमा विभाजन गरिएको छ ।

Tags: #पर्यटन#भिजिट नेपालकञ्चनजङ्घाकञ्चनजङ्घा हिमालपदयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

जेष्ठ २०, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.