इटहरी : इटहरीको सेन्टर प्लाजामा भएको आगलागीमा परी फसेकाहरूको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।
इटहरीको मुख्य चौकको पूर्वपट्टी पर्ने प्लाजामा आज (बुधबार) बिहान ९ः३५ बजेतिर आगलागी भएको हो ।
आगलागीमा परी फसेकाहरूको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । केहीलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो भने केहीलाई भने डोरीमार्फत प्रहरी, सशस्त्र प्रहरी र सेनाले उद्दार गरेको हो ।
हालसम्म १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
११ जना पुरुष र पाँच जना महिलाको उद्दार गरिएको प्रहरीको भनाइ छ । हाल ६ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डा रहेको थियो । उक्त होटलबाट नै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post