इटहरी अस्पतालका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिएपछि अस्पतालले आफ्नो आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।
अस्पतालको प्रयोगशालामा कार्यरत एकजना कर्मचारी र एकजना बिरामीमा कोरोना पोजेटिभ पाइएपछि अस्पतालले इमर्जेन्सी सेवा, डेलिभरी सेवा र फिभर क्लिनिक बाहेक अन्य सेवाहरु बन्द गरेको जनाएको छ ।
सञ्चालक समिति अध्यक्ष भुपेन्द्र बरालद्वारा जारी विज्ञप्ती अनुसार अस्पतालको प्रयोगशालाका टेक्निसियनमा कोरोना देखिएको हो ।
यस्तै, ओपीडीमा उपचार गराउन आएका अर्का एक बिरामीमा समेत कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै, अस्पतालले बिगत पाँच दिनभित्र एक्सरे गराएका बिरामीहरुलाई सम्पर्कमा आउन भनेको छ ।















Discussion about this post