इटहरी : इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी करिब साढे ५ घण्टापछि नियन्त्रणमा आएको छ ।
आज बिहान साढे ९ बजेतिर लागेको आगलागी दिउँसो ३ बजेतिर नियन्त्रणमा आएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार भर्खरै आगो नियन्त्रणमा आएको हो ।
‘अब लगभग आगो नियन्त्रणमा आएको छ,’ उनले भने, ‘घाइतेहरूको विवरण तत्काल आइसकेको छैन, हामी घटनास्थलमै छौँ ।’
इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो । यसैगरी लक्ष्मी सनराइज बैँक, ठूला इलेक्ट्रोनिक्स पसल, मोबाइल पसललगायत सञ्चालनमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार प्लाजाबाट ११ जनाको उद्दार गरिएको छ ।
उनका अनुसार तीन जना महिला र ८ जना पुरुषको उद्दार गरिएको हो ।
यो पनि – इटहरीमा लागेको आगो पाँच घण्टा बित्न लाग्दासमेत नियन्त्रणमा आएन
यो पनि – इटहरीको आगलागी अझै नियन्त्रणमा आएन
यो पनि – इटहरीको सेन्टर प्लाजाको आगलागीमा फसेकाहरूको सेनाको हेलिकोप्टरमार्फत उद्दार
Discussion about this post