नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका मध्ये सुनसरीका २ जना भएको पुष्टि गरे ।
उनले सुनसरीमा ६ बर्षीया बालिका र ६७ बर्षीय एक पुरुषको मृत्यु भएको जानकारी दिए पनि उनीहरु जिल्लाको कुन ठाउँका हुन् भनेर बताएनन् ।
मृत्यु भएका ६७ बर्षीय पुरुष धरान १५ का हुन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानले नै जानकारी दिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा।गौतमले भनेअनुसार ६ बर्षीया बालिका कहाँकी हुन् ? यसबारेमा भने प्रष्ट भएको छैन । यसबारेमा जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश १ सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्दा पनि सम्बन्धित अधिकारीहरुले अनभिज्ञता
मन्त्रालयका अनुसार सुनसरीका २ जना बाहेक पर्सामा ६१ बर्षीय, ५८ बर्षीय र ४८ बर्षीय पुरुषको मृत्यु भएको छ भने बारामा ५८ बर्षीय पुरुष र सिराहामा ६८ बर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
यस्तै, मकवानपुरमा ५६ बर्षीय पुरुष र भक्तपुरमा ७३ बर्षीय पुरुषको पनि निधन भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
उनका अनुसार नेपालमा कोरोना संक्रमितहरु मृत्यु हुनेहरुको कुलसंख्या १४६ पुगेको छ ।














Discussion about this post