इटहरी : झापा र मोरङ जिल्लाको दुई स्थानमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ ।
पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएका ५४ वर्षीय दूध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रक्रिया पूरा गरी आवश्कय अनुसन्धान गरिरहेको छ ।
यसैगरी वर्षासँगै परेको चट्याङले लाग्दा साइकल कुदाइरहेको अवस्थामा इटहरी घर भइ हाल मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारी स्थित मामाघरमा गएका १२ वर्षीय बालक आविष्कार बरालको मृत्यु भएको हो ।
तत्काल घाइते अवस्थाका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post