सुनसरीमा ९ जना सहित प्रदेश १ मा आज ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । थपिएका मध्ये २७ महिला र ४३ पुरुष रहेका छन् ।
थपिएका मध्ये सबैभन्दा बढी मोरङमा ५० जना संक्रमित छन् । यस्तै, झापामा १० जना, सुनसरीमा ९ जना र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १८ महिला र २४ पुरुष छन् । यस्तै, बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष छन् ।
सुनसरीको इटहरीका १ महिला र ८ पुरुष संक्रमित छन् भने धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।














Discussion about this post