Thursday, April 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : पौवादुङमा गाउँपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८१
in विविध, समाचार
0
भोजपुर : पौवादुङमा गाउँपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स
89
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ ।

‘गाउँपालिकाले कृषिमा जोड दिएको छ’, अध्यक्ष राईले भने, ‘किसानले व्यावसायिक रुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ ।’

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

धेरै किसान व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुर्याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ ।

व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

Tags: #भोजपुर#राससएम्बुलेन्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड
भिजिट नेपाल

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

by रासस
बैशाख ३, २०८३
0

खोटाङ : नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो ।...

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा
खेलकुद

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
0

विराटनगर : विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित...

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३
विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

बैशाख ३, २०८३
इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1200 shares
    Share 480 Tweet 300
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    441 shares
    Share 176 Tweet 110
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    384 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.