खोटाङ : खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ नास्तुमका ५५ वर्षीय गंगाप्रसाद ढकाल रहेका छन् ।
घर नजिकै बारीमा काम गरिरहेको बेला बिहीबार (आज) दिउँसो १ बजेतिर चट्याङले लागेर ढकालको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post